खेल


विश्व कीर्तिमानी केभिनले फेरि काठमाडौंबाट इपीएल खेल्ने

विश्व कीर्तिमानी केभिनले फेरि काठमाडौंबाट इपीएल खेल्ने

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ८:५०,

 विश्वकप क्रिकेटमा सबैभन्दा छिटो सतक पुरा गर्ने कीर्तिमान कायम राखेका आयरल्याण्डका अलराउण्डर केभिन ओ ब्रायन काठमाडौ किंग्स एलेभेनबाट एभरेष्ट प्रिमियर लिग(इपीएल) खेल्ने भएका छन्।

टोलीले मंगलबार एक विज्ञप्ति जारी गर्दै केभिनलाई यसवर्ष पनि अनुबन्धन गरिएको जनाएको छ। ओ ब्रायनले २०१८ मा पनि काडमाडौबाट नै इपीएल खेलेका थिए। ७ खेलमा उनले ९ विकेट लिएका थिए।

२०११ को विश्पकपमा इल्याण्डसँगको खेलमा ५० बलमा शतक पुरा गर्दै उनले विश्व किर्तिमान बनाएका थिए। सन् २००६ मा आयलल्याण्ड टोलीबाट डब्यू गरेका उनले केभिनले तीन आइसीसी एकदिवसीय विश्वकप र पाँच टि–ट्वान्टी विश्वकप खेलिसकेका छन्।

काठमाडौका सिइओ राजजगं थापाले ओ ब्रायनको आगमनले आफुहरु निकै उत्साहित रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad