ad ad

खेल


रियल म्याड्रिडले छैटौँपटक जित्यो यूईएफए सुपर कपको उपाधि

पीएसजी छाड्दै रियल पुगेका एमबाप्पेको डेब्यु गोल
रियल म्याड्रिडले छैटौँपटक जित्यो यूईएफए सुपर कपको उपाधि

नेपालखबर
साउन ३१, २०८१ बिहिबार ८:८, काठमाडौँ

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको डेब्यु गोलमा स्पेनिस क्लब रियल म्याड्रिडले छैटौँपटक यूईएफए सुपर कपको उपाधि जितेको छ।

बुधबार राति भएको खेलमा रियलले एटलान्टालाई २–० गोल अन्तरले हराउँदै रियलले कीर्तिमानी उपाधि हात पारेको हो। 

रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा सुपर कप उपाधि जितेको थियो। बार्सिलोनाले भने यो उपाधि पाँचपटक जितेको छ।

बुधबार राति रियलको जितमा एमबाप्पे र फेडे भाल्भेर्डेले गोल गरे। 

एमबाप्पे यसै सिजन फ्रि ट्रान्सफरमा फ्रन्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्दै रियल पुगेका थिए।

रियलले खेलको ५९औँ मिनेटमा फेडेको गोलमा सुरुवाती अग्रता बनाएको थियो। भिनिसियस जुनियरको पासमा फेडेले गोल गरेका थिए।

खेलको ६८औँ मिनेटमा एमबाप्पेको गोलमा रियलले अग्रता दोब्बर पार्‍यो। एमबाप्पेले जुड बेलिङहमको पासमा बललाई पोस्टको जाली चुमाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .