साविक विजेता नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
कास्कीको लामाचौरस्थित इन्द्र राज्य लक्ष्मीदेवी प्राङ्गणमा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि रक्षा गरेको हो।
शुक्रबार खेलको दुई सेट सम्पन्न भएपनि खराब लाइटका कारण खेल शनिबारका लागि सारिएको थियो।
पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो सेट भने गुमाउन पुग्यो। दोस्रो सेट पुलिस क्लबले २१–२५ ले गुमायो।
तेस्रो सेट भने पुलिस क्लबले २५–१९ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो। तर चौथो सेट भने पुलिस क्लबले २५–२२ ले एपीएफलाई सुम्पियो। निर्णायक तथा अन्तिम सेट पुलिस क्लबले १६–१४ ले आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाएको हो।
उपाधिसँगै पुलिस क्लबले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपीएफले १ लाख रुपैयाँ हात पार्यो।
Shares
प्रतिक्रिया