खेल


एनपीएल : ७ वटा टोलीको रोजाइमा अलराउन्डर गुल्सन, कर्णालीले १५ लाखमा पायो

एनपीएल : ७ वटा टोलीको रोजाइमा अलराउन्डर गुल्सन, कर्णालीले १५ लाखमा पायो

नेपालखबर
असोज २०, २०८१ आइतबार १९:३४, काठमाडौँ

आगामी मंसिर तेस्रो साताबाट हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा राष्ट्रिय टोलीका अलराउन्डर गुल्सन झा कर्णाली याक्समा अनुबन्ध भएका छन्। आइतबार भएको अक्सनमा उनलाई एनपीएलका ८ मध्ये सातवटा टोलीले उनीमाथि मूल्य लगाएका थिए। 

लुम्बिनी लायन्सले भने उनका लागि मूल्य तोकेन। 

झाले आफ्नो न्युनतम मूल्य १० लाख राखेका थिए। उनलाई ७ वटै टोलीले १५ लामा खरिद गर्ने बोलकबोलका क्रममा भनेका थिए। 

यद्यपि गोलाप्रथाबाट उनलाई कर्णालीले आफ्नो पोल्टामा पारेको हो।  

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन्। 

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्।

पछिल्लो वर्ष नेपाल टी–२० लिग भए पनि विवादपछि दोस्रो संस्करण हुनै सकेन।

आयोजनाको जिम्मेवारी पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी भागेपछि क्यानले सम्झौता रद्द गरेको थियो।

मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौँ गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्स रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad