नेसन्स लिग फुटबलमा जर्मनीले आफूलाई समूहको शीर्षस्थानमा कायम राखेको छ।
गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई १–० गोलले हराउँदै जर्मनीले अपराजित यात्रा जारी राखेको हो।
जर्मनीको जितमा जेमी लेवेलिङले ६४औँ मिनेटमा एकमात्र निर्णायक गोल गरे।
लिग एको समूह ३ मा रहेको जर्मनी जितसँगै १० अंकसहित शीर्षस्थानमा र नेदरल्यान्ड्स ५ अंकसहित दोस्रो स्थानमा छन्।
नेदरल्यान्ड्सको यो पहिलो हार हो।
यही समूहको हंगेरीको पनि ५ अंक र बोस्निया एन्ड अर्जगोभिनाको १ अंक छ।
21
Shares

प्रतिक्रिया