खेल


यस्तो बन्यो कीर्तिपुर मैदान, जहाँ हुँदै छ नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो प्रतियोगिता (भिडिओ)

यस्तो बन्यो कीर्तिपुर मैदान, जहाँ हुँदै छ नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो प्रतियोगिता (भिडिओ)

तस्बिर/भिडिओ : सरोज नेपाल


लक्ष्मी जि.सी
मंसिर १४, २०८१ शुक्रबार २३:१०, काठमाडौँ

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिताका लागि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित मैदान तयार पारिएको छ। केही नयाँ स्वरूप दिएर तयार पारिएको मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) का लागि देशका ८ वटा टिम प्रतिस्पर्धामा उत्रिँदै छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपल्ट आयोजना गर्न लागेको यस प्रतियोगितामा विदेशी खेलाडी मात्र करिब ४० जना हुनेछन्। विश्व क्रिकेटका चर्चित खेलाडी शिखर धवनसमेत काठमाडौँ ओर्लिइसकेका छन्। उनी कर्णाली क्याक्सबाट खेल्नेछन्।

नेपाली क्रिकेट आईसीसीको नियन्त्रणमा हुँदा घरेलु मैदानमा एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग हुँदै आएका थिए। क्यानमा नयाँ नेतृत्व आएपछि ती लिगहरू पूर्णरूपमा बन्द भए। खासगरी पूर्वकप्तान पारस खड्का सचिव बनेर आएपछि क्यानले नयाँ फ्रेन्चाइज लिग अर्थात् नेपाल प्रिमियर लिगको घोषणा गरेको हो।

एनपीएलका लागि कीर्तिपुर मैदानको बाउन्ड्री बढाउनेदेखि डिजिटल स्कोर बोर्ड, नयाँ विकेट बनाइएको छ। एनपीएलपछि त्रिवि मैदानको अन्य काम पुनः सुरु हुनेछ। 

एनपीएल आयोजनाले क्यानदेखि खेलाडी र समर्थकसम्म उत्तिकै उत्साहित छन्। मार्की खेलाडीदेखि अक्सनमा खेलाडीलाई लिनका लागि भएको हानाथाप अनि उद्घाटन खेलका सबै टिकट बिक्रीले पनि नेपाली क्रिकेटको महाकुम्भप्रतिको उत्साह एवं रौनकलाई दर्शाउँछन्।

भिडिओमा हेर्नुहोस् नेपाली क्रिकेटको महाकुम्भका लागि तम्तयार कीर्तिपुर मैदान:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad