नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगरविरुद्ध जनकपुरले टस जितेको छ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि विराटनगरले पहिले ब्याटिङ गर्ने भएको हो।
पहिलोपटक हुन लागेको एनपीएलमा दुवै टोली सुखद् सुरुवातको योजनामा छन्।
जनकपुर अनिल शाह र विराटनगर सन्दीप लामिछानेको कप्तानीमा छन्।
जनकपुर बोल्ट्स र विराटनगर किंग्सको सुरुवाती ११ः
विराटनगर किङ्सः सन्दीप लामिछाने (कप्तान), लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल
जनकपुर बोल्ट्सः अनिलकुमार साह ९कप्तान०, आसिफ शेख, ललितनारायण राजवंशी, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो, हर्ष ठाकर, मोहम्मद मोहसिन, लाहिरु मिलन्था र बेन माइकलाई
Shares

प्रतिक्रिया