खेल


पोखराको टाउको दुःखाइ बन्न सक्छन् चितवन राइनोजका तनविर (प्रिभ्यु)

पोखराको टाउको दुःखाइ बन्न सक्छन् चितवन राइनोजका तनविर (प्रिभ्यु)

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १२:२८, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दै छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दिनको दोस्रो खेलमा पोखराले चितवनको सामना गर्न लागेको हो। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। 

एनपीएलमा सोमबार मात्र काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको चितवन लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिँदै छ। 
पोखराले भने एनपीएलमा पहिलो खेल खेल्न लागेको हो। 

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एनपीएलमा चितवनविरुद्ध मैदान उत्रिँदा सुखद सुरुवात गर्ने योजनामा हुनेछ। चितवन कुशल मल्लको कप्तानीमा छ। 

चितवनका सोहेल तनविर पोखराका लागि टाउको दुःखाइ बन्न सक्छन्। तनविरले काठमाडौँविरुद्धको खेलमा पाँच विकेट लिएका थिए। जारी एनपीएलमा एकै खेलमा पाँच विकेट लिने तनविर एक्ला खेलाडी हुन्। 

पोखराले एनपीएलका लागि ६ विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ। पोखराको मुख्य प्रशिक्षकमा भारतका राजिव कुमार छन् भने मेन्टरमा जोन्टी रोड्स छन्। पोखराका लागि विदेशी खेलाडीमा बास डे लिड, रेमोन रेइफर, आन्द्रेस गौस, म्याथु क्रिटले, माइकल लिस्क र जेन मलिक छन्। 

नेपाली खेलाडीमा कप्तान भुर्तेलसँगै सागर ढकाल, आकाश चन्द, सुनम गौतम, दिलिप नाथ, दिनेश खरेल, तृतराज दास, नारायण जोशी, किरण ठगुन्ना, विपिन खत्री, अमृत गुरुङ र सुदिप अर्याल छन्। 

पोखरा एभेन्जर्स : कुशल भुर्तेल (कप्तान), सागर ढकाल, आकाश चन्द, सुनम गौतम, दिलिप नाथ, दिनेश खरेल, तृतराज दास, नारायण जोशी, किरण ठगुन्ना, विपिन खत्री, अमृत गुरुङ, सुदिप अर्याल, बास डे लिड, रेमोन रेइफर, आन्द्रेस गौस, म्याथु क्रिटले, माइकल लिस्क र जेन मलिक 

चितवन राइनोज : कुशल मल्ल (कप्तान), रिजन ढकाल, शरद भेषावकर, विपिन रावल, दिपक बोहोरा, अमरसिंह राउटेला, दिपेश श्रेष्ठ, रन्जित कुमार, सन्तोष कार्की, गौतम केसी, सलाहुद्दिन खान, नर बहादुर कार्की, रवि बोपारा, हसन इसाखिल, जान निकोल लफ्टी इटन, लुयुक मार्टिन बेनकेन्स्टाइन र सोहेल तनविर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad