काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध तेस्रो विकेट गुमाएसँगै विराटनगर किंग्स दबाबमा आएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिस्पर्धामा पहिलो ओभरमै तेस्रो बलमा ओपनर मार्टिन गप्टिल स्कट कुग्लेजिनको बलमा गोल्डेन डगआउट भए।
तेस्रो ओभरको पहिलो स्कटकै बलमा निकोलस किर्तोन ५ रन बनाउँदा क्याच आउट हुन पुगे। ओपनर लोकेश बम २ रन बनाउँदै चौथो ओभरको चौथो बलमा पेभेलियन फर्के।
सुदूरपश्चिम रोयल्सले दिएकोे १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगरले चौथो ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ११ रन बनाएर खेलिरहेको छ।





108
Shares

प्रतिक्रिया