नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको चितवनले छैटौँ ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएको हो।
चितवनले पाँच ओभरको खेल जारी रहँदा दुवै ओपनरलाई गुमाएको थियो। ओपनर दिपक बोहोरा २ रन बनाउँदा विपिन खत्रीको बलमा बोल्ड आउट भए।
अर्का ओपनर हसन इसाखिल १४ रन बनाउँदा विपिनकै बलमा क्याच आउट भए। लुक बेनकेन्स्टाइन १६ रन बनाउँदा बास डे लिडको बलमा आउट भए।
48
Shares

प्रतिक्रिया