खेल


बोपाराको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

बोपाराको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १४:२९, काठमाडौँ

रवि बोपाराको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु जितका लागि १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनको योगफल तयार पारेको हो। 

चितवन एक समय ५.२ ओभरमा ३–४६ को अवस्थामा थियो। चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गरे। 

रवि ५१ रन बनाउँदै क्याच आउट भए। ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रवि रेमोन रेइफरको बलमा क्याच आउट हुन पुगे। 

कप्तान मल्ल ३८ रन बनाउँदा सागर ढकालको बलमा विकेट किपर कुशल भुर्तेलको हातबाट आउट भए। मल्लले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे। 

लुक वेनकेन्स्टाइन १६ रन बनाउँदा बास डे लिडको बलमा आउट भए। ओपनर दिपक बोहोरा २ रन बनाउँदा विपिन खत्रीको बलमा बोल्ड आउट भए। अर्का ओपनर हसन इसाखिल १४ रन बनाउँदा विपिन कै बलमा क्याच आउट भए।

सोहेल तनविर गोल्डेन डकआउट भए। सन्तोष कार्की १० रन थप्दै आउट भए। अमर राउटेला १२ र शरद भेषावकर ११ रनमा नटआउट रहे।

पोखराका लागि विपिन खत्री, बास डे लिड र रेमोन रेइफरले समान दुई विकेट लिए। सागर ढकालले एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad