खेल


यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १६:५९, काठमाडौँ

एसीसी एसियाकप यू–१९ एसियाकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

युएईको सारजहामा जारी एसिया कप अन्तरगत समूहको अन्तिम खेलमा अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालका लागि आकाश त्रिपाठी ९ रनमा आउट हुँदा मयन यादव पनि एक रनमै पेबेलियन फर्किए। अर्जुन कुमालले २१ रन, सन्तोष यादवले ७ रन बनाउँदा, नरेन भट्ट २ रनमा आउट भए।

रोशन विश्वकर्माले ९, उत्तम मगर २ रनको योगदान दिए। नेपाललाई जित नजिक पुर्‍याएका नरेन साउदले सर्वाधिक २६ रन बनाए।

अभिषेक तियारीले एक चौका र एक छक्काको मद्दतमा १३ रन बनाए। कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे।

अफगानिस्तानले दिएको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा पूरा गरेको हो। त्यसअघि फैसल खानको अर्धसतकको मद्दतमा अफगानिस्तानले ३५.४ ओभरमा अलआउट हुनुअघि १२३ रन बनाएको थियो।

अफगानिस्तानका दुवै ओपनर शून्य रनमै आउट भएका थिए। हम्जा खानले ९ रन र बराकातुलाह इब्राहिम्जाइले १२ रन बनाउँदा नसिर खानले १० तथा अल्लाह घजन्फारले ११ रन जोडे। खतिर स्तानिक्जाइ १५ रनमा आउट हुँदा अब्दुल अजिज ६ रनमा नटआउट रहे।

अफगानिस्तानले सामान्य लक्ष्यमा अल आउटगर्दा नेपालका युनिश सिंह र सन्तोष यादवले समान ३/३ तथा केमन्त धामी र अभिषेक तिवारीले समान २÷२ विकेट लिए।

यो जितसँगै एसियाकपमा नेपालले सुखद अन्त्ये गरेको छ। यसअघिका दुवै खेलमा नेपाल पराजित भएको थियो। समूह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

यो समूहबाट अफगानिस्तान सबै खेलमा पराजित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad