नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सलाई इनिङ्सको पहिलो बलमा नै झड्का लागेको छ।
ओपनर अर्जुन साउद इनिङ्सको पहिलो बलमा नै स्कट कुग्लेजिनको बलमा एलबीडब्लु धरापमा परे।
सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पहिलो विकेट गुमाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो।
177
Shares

प्रतिक्रिया