खेल


एन्फा महिला लिगको उपाधि एपीएफलाई

एन्फा महिला लिगको उपाधि एपीएफलाई

एन्फा महिला लिगको उपाधि एपीएफलाई। तस्बिरः सरोज नेपाल


लक्ष्मी जि.सी
माघ १६, २०८१ बुधबार १६:१३, काठमाडौँ

विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ फुटबल क्लबले एन्फा महिला लिगको उपाधि उचालेको छ।

महिला लिगमा एकक्षत्र राज गरिरहेको एपीएफले अपराजित रहेर लिगको उपाधि जितेको हो। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको फाइनलमा एपीएफले पुलिस क्लबलाई ४-० ले हराउँदै उपाधि जितेको हो। 

एपीएफलाई उपाधि दिलाउन सविता रानामगरले दुई गोल गरिन्। सरु लिम्बु र अनु लामाले समान एक/एक गोल गरे। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भए। खेलको ६४ औँ मिनेटमा सविता रानामगरको गोलमा एपीएफले सुरुवाती अग्रता बनाएको थियो। 

६९ औँ मिनेटमा रश्मीकुमारी घिसिङको हेडर प्रहार बारमा लाग्दै फर्किएको रिवाउण्डमा सरु लिम्बुले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्। 

खेलको ८३ औँ मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल थप्दा टोलीका लागि तेस्रो गोल गरिन्। इन्जुरी समयमा अनु लामाको गोलमा एपीएफले ४-० को जित दर्ता गरेको हो। 

एपीएफले लिगमा लगातार तेस्रो पटक पुलिस क्लबलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको हो। 

एपीएफले लिगमा १ खेलमा मात्र बराबरी गर्दा बाँकी सबै खेलमा जित निकालेको थियो। 

उपाधिसँगै एपीएफले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पुलिस क्लबले ५ लाख रुपैयाँ हात पार्‍याे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad