खेल


आहा रारा गोल्डकपको पहिलो क्वार्टरफाइनलमा नेपाल पुलिस र ब्रिगेड ब्वाइज भिड्दै

आहा रारा गोल्डकपको पहिलो क्वार्टरफाइनलमा नेपाल पुलिस र ब्रिगेड ब्वाइज भिड्दै

नेपालखबर
माघ २६, २०८१ शनिबार ८:२४, काठमाडौँ

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा शनिबार (आज) नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दै छन्।

पोखरा रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

पुलिस क्लब पहिलो प्रि-क्वार्टरफाईनलमा आयोजक सहारा क्लबलाई १-० गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको हो। 

आहा रारा पाँचपटक जितेको पुलिस क्लब अपराजित यात्रा कायम राख्दै उपाधि होड बलियो बनाउन चाहन्छ।

ब्रिगेड ब्वाइजले भने प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो। 

प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad