ग्लोबल


दिल्ली विधानसभा चुनावको मतगणना सुरु

दिल्ली विधानसभा चुनावको मतगणना सुरु

दिल्ली विधानसभा चुनावको नतिजा आज आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


नेपालखबर
माघ २६, २०८१ शनिबार ८:३३, काठमाडौँ

दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ।

दिल्ली चुनावमा मुख्य प्रतिस्पर्धा आम आदमी पार्टी, भारतीय जनता पार्टी र भारतीय कंग्रेसबीच हुने अनुमान छ।

धेरैजसो एक्जिट पोलले भाजपाले अग्रता लिने भविष्यवाणी गरेका छन्।

तर आम आदमी पार्टीले यो गलत साबित हुने र ५० भन्दा बढी सिट आफूले जित्ने बताएको छ।

यस्तै कंग्रेस आफूले पुनरागमन गर्ने आशामा छ।

सन् २०१३ को विधानसभा चुनावमा अरविन्द केजरीवालको आम आदमी पार्टीले दिल्लीका ७० सिटमध्ये २८ सिट जितेको थियो भने भाजपाले ३० भन्दा बढी सिट जितेको थियो।

२०१५ र २०२० को विधानसभा चुनावमा आम आदमी पार्टीले आफ्नै बलबुतामा बहुमत प्राप्त गर्‍यो।

यसैबीच, २०१४, २०१९ र २०२४ को लोकसभा चुनावमा भाजपाले दिल्लीका सबै सात लोकसभा सिट जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad