खेल


स्केट प्रतियोगिता सम्पन्न

स्केट प्रतियोगिता सम्पन्न

नेपालखबर
माघ २६, २०८१ शनिबार २१:४९, काठमाडौँ

‘इन्टर स्कुल नेसनल स्केट प्रतियोगिता’ सम्पन्न भएको छ। ज्ञान संस्कार इन्टरनेसनल स्कुल, राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको आयोजनामा दोस्रो ज्ञान संस्कार इन्टर स्कुल नेसनल स्केट प्रतियोगिता सम्पन्न भएको हो । 

दुई सय विद्यार्थीहरू सहभागी प्रतियोगितामा चारदेखि १४ वर्षसम्मका बालबालिकालाई छ वटा उमेर समूहमा विभाजन गरिएको थियो। प्रतियोगितामा ‘प्रिस्कुल’को छात्रतर्फ अनेबल किड्स स्कुलका प्रियान्स श्रेष्ठ प्रथम र छात्रातर्फ ज्ञान संस्कारका त्रृसा बजगाईं प्रथम भएकी छन्। 

यस्तै, छ वर्षमुनिका छात्रतर्फ श्री शिव स्कुलका सात्स्वतराज बिडारी प्रथम भएका छन् भने छात्रातर्फ ज्ञान संस्कारकै स्वोरा खनाल प्रथम भएकी छन्। छदेखि आठ वर्ष उमेर समूहमा छात्रातर्फ ज्ञान संस्कारका आर्या कार्की र छात्रतर्फ श्री शिव स्कुलका केन्जो राई प्रथम भएका छन्। 

स्कुलका प्रधानाध्यापक निलम बाँनिया बडुका अनुसार आठदेखि १० वर्ष उमेर समूहमा छात्रातर्फ ज्ञान संस्कारका जियना अर्याल प्रथम र छात्रतर्फ श्री शिव स्कुलका राजमान गुरुङ प्रथम भएक छन् भने १० देखि १२ वर्ष उमेर समूहमा छात्रातर्फ श्री शिव स्कुलका आशिया तामाङ, छात्रतर्फ एसिया प्यासेभिक स्कुलका प्रिन्स श्रेष्ठ प्रथम भएका  हुन्। 

यस्तै, प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा छात्रातर्फ ज्ञान संस्कार स्कूलका सान्भी श्रेष्ठ र छात्रतर्फ अलकपुरी स्कुलका अमन चौधरी प्रथम भएको प्रधानाध्यापक बडूले जानकारी दिए। प्रतियोगितामा ६१ अङ्कसहित आयोजक ज्ञान संस्कार इन्टर स्कुल प्रथम, २७ अङ्कसहित श्री शिव स्कुल दोस्रो र सात अङ्क प्राप्त गर्दै अलकापुरी तेस्रो भएको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। उसअघि आज बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad