नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको खेलमा लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै लिगचरणको अन्तिम खेल अघिनै उपाधि भिडन्त पक्का गरेको हो।
नेपालको जितमा फरवार्ड सावित्रा भण्डारी साम्बाले निर्णायक गोल गरिन्।
लेबनान लगातार दोस्रो हारसँगै लिगचरणबाटै बाहिरिएको छ। नेपालको जितले म्यानमारको पनि फाइनलमा स्थान पक्का भएको छ।
लेबनानमाथि नेपालले एक वर्षभित्रमै दोस्रो जित दर्ता गरेको हो। यसअघि साउदीमा भएको वाफ महिला च्याम्पियनसिपमा नेपाल २–१ ले विजयी भएको थियो।
नेपाल र लेवनानको खेल हेर्न बिहीबार रंगशालामा दर्शकको उत्साहजनक उपस्थिति थियो।
तस्बिरमा हेर्नुहोस् नेपाल भर्सेस लेवनान

















तस्बिरहरुः एन्फा
924
Shares

प्रतिक्रिया