खेल


साविक विजेता पाकिस्तान लगातार पराजित, भारतको दोस्रो जित

साविक विजेता पाकिस्तान लगातार पराजित, भारतको दोस्रो जित

नेपालखबर
फागुन १२, २०८१ सोमबार ७:२१, काठमाडौँ

विराट कोहलीको शतकीय पारीमा साविक विजेता पाकिस्तानलाई पराजित गर्दै भारतले आईसीसी च्याम्पियन्य ट्रफीमा लगातार दोस्रो जित दर्ता गरेको छ। 

आइतबार राति सकिएको खेलमा भारतले चिरप्रतिद्वन्दी पाकिस्तानमाथि ६ विकेटको जित निकाल्दै सेमिफाइनल नजिक पुगेको हो। 

लगातार दोस्रो जितसँगै समूह ए मा रहेको भारत ४ अंकसहित शीर्ष स्थानमा छ। यता लगातार दोस्रो खेलमा हार भोगेको पाकिस्तान भने अंकविहिन रुपमा पुछारमा छ।

 लगातार दोस्रो हारसँगै पाकिस्तान च्याम्पियन्स ट्रफीको उपाधि दौडबाट बाहिरिने लगभग पक्का भएको छ। 

अंक गणितीय सम्भावना मात्र जिवित रहेको पाकिस्तान सेमिफाइनलमा पुग्न अन्य नतिजा आफु अनुकुल आउनुपर्नेछ। भने अर्को खेलमा बंगलादेशमाथि फराकिलो जित निकाल्दै नेटरनरेट बलियो बनाउनुपर्ने हुन्छ। 

पाकिस्तानले दिएको २ सय ४२ रनको सामान्य लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेटको क्षतिमा सहजै भेट्यो। 

भारतको जितमा कोहलीले शतकीय पारी खेले। १ सय ११ बलमा ७ चौका प्रहार गर्दै शतक पूरा गरेका कोहली नटआउट पेभेलियन फर्के। यस ऐरले ५६ तथा शुभमन पगलले ४६ रन थपे। 

त्यसअघि युएईको दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २ बल अगावै २ सय ४१ रनमा अलआउट भयो। 

पाकिस्तानका लागि साउद सकिलले बनाएको ६२ रन नै सर्वाधिक रह्यो। कुनै पनि ब्याटरले सम्झनलायक प्रर्दशन गर्न सकेनन्। 

च्याम्पियन्स ट्रफीमा आज समूह ए अन्तर्गत बंगलादेश र न्युजिल्यान्ड भिड्दैछन्। बंगालदेश आजको खेलमा न्युजिल्यान्डलाई हराउँदै सेमिफाइनल सम्भावना जिवित राख्न चाहन्छ। 

आजको खेलमा न्युजिल्यान्डले जित निकालेको अवस्थामा बंगलादेशसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समेत सकिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad