खेल


च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई, न्युजिल्यान्ड फेरि पराजित

च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई, न्युजिल्यान्ड फेरि पराजित

नेपालखबर
फागुन २५, २०८१ आइतबार २२:३, काठमाडौँ

न्युजिल्यान्डलाई पराजित गर्दै भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ।

आइतबार बेलुका दुवईमा सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले ६ विकेटको क्षतिमा पूरा गर्दै उपाधि उचालेको हो।

यसअघि समूह चरणमा पनि भारतले न्यजिल्यान्डलाई ४४ रनले पराजित गरेको थियो।

भारतको जितमा कप्तान रोहित शर्माले ७६ रनको योगदान गर्दा श्रेयस ऐर २ रनले अर्धसतक बनाउन चुक्दा ४८ रनको योगदान दिए। 

शुवमन गिलले ३१ रन बनाउँदा विराट कोहली भने मात्रै २ बलको सामना गर्दा एक रनमै आउट भए। अक्षर पटेल २९ र हार्दिक पाण्ड्याले १८ रन जोडे। केएल राहुल ३३४ रनमा अविजित रहँदा रविन्द्र जडेजाले पनि नटआउट ९ रनको योगदान गरे।

माइकेल ब्रेसवेल र मिचेल स्यान्ट्नरले समान २ विकेट लिए पनि टोलिलाई उपाधि दिलाउन सकेनन्। काइल जेमिसन र रचिन रविन्द्रका नाममा समान एक विकेट रह्यो।

त्यसअघि न्युजिल्यान्डले ५० ओभर खेल्दै ७ विकेट गुमाएर २५१ रन बनाएको थियो।

न्युजिल्यान्डका दुई खेलाडीले अर्धशतक प्रहार गरे। मोहम्मद शामीको बलमा रोहित शर्माको हातबाट क्याचआउट भएका ड्यारिल मिचेलले १०१ बलमा ६३ रन र नटआउट रहेका माइकेल ब्रेसवेलले ४० बलमा ५३ रन जोडेपछि न्युजिल्यान्ड २५१ रन बनाउन सफल भएको थियो।

उसका लागि विल योङले १५, रचिन रविन्द्रले ३७, केन विलियम्सनले ११, टम ल्याथमले १४, ग्लेन फिलिप्सले ३४, मिचेल स्यान्ट्नरले ८ रन बनाए। भारतले १६ अतिरिक्त रन दियो।

भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले समान २ विकेट झार्दा मोहम्मद शामीले १ र रविन्द्र जडेजाले १ विकेट लिए। भारतका दुई बलर अक्षर पटेल र हार्दिक पाण्ड्या भने विकेटविहीन रहे।

यसअघि सन् २०१३ मा पनि भारतले उपाधि जितेको थियो। त्यसअघि सन् २००२ मा भने वर्षाका कारण फाइनल खेल रद्द हुँदा भारत र श्रीलंकालाई नै विजेता घोषणा गरिएको थियो।

सन् १९९८ मा पहिलो उपाधि दक्षिण अफ्रिकाले जितेको थियो। त्यसपछि सन् २००० मा न्यूजिल्यान्ड, २००४ मा वेस्ट इन्डिज, २००६ मा अष्ट्रेलिया, २००९ मा अष्ट्रेलिया, र २०१७ मा पाकिस्तान च्याम्पियन्स बनेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad