खेल


ब्याटर चम्किँदा राजस्थानमाथि बेंग्लोरको सहज जित

ब्याटर चम्किँदा राजस्थानमाथि बेंग्लोरको सहज जित

नेपालखबर
चैत ३१, २०८१ आइतबार २२:२३, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीयल) मा रोयल च्यालेन्जर्स बेंग्लोरले सहज जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा बेंग्लोरले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको हो।

१७४ रनको लक्ष्क्ष्य पाएको बेंग्लोरले १५ बलअघि नै मात्रै एक विकेट गुमाएर पूरा गर्यो।

बेंग्लोरको जितमा ओपनर फिल साल्टले ३३ बलमा ६५ रन बनाउँदा विराट कोहलीले ४५ बलमा नटआउट ६२ रन बनाए। देवदत्त पडिक्कलले पनि नटआउट २८ बलमा नटआउट ४० रन बनाउँदा बेंग्लोरले सहज जित हात पार्दै शीर्ष तीनमा उक्लिएको हो।

राजस्थानका कुमार कार्तिकेयाले एक विकेट लिएपनि अरु बलर खालिहात भए।

त्यसअघि यशस्वी जयस्वालको ७५ रनको मद्दतमा राजस्थानले ४ विकेटको १७३ रन बनाएको थियो। यो नतिजापछि राजस्थान ४ अंकसहित सातौँ स्थानमा छ।

अहिले मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिडिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad