खेल


च्याम्पियन्स लिग: बार्सिलोना र पीएसजी सेमिफाइनलमा

च्याम्पियन्स लिग: बार्सिलोना र पीएसजी सेमिफाइनलमा

नेपालखबर
बैशाख ३, २०८२ बुधबार ७:२९, काठमाडौँ

बार्सिलोना र फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन्। 

गराति भएको खेलमा डर्टमन्डलाई ५-३ ले हराउँदै बार्सिलोना सन् २०१९ पछि च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

पहिलो लेगमा बार्सिलोना ४-० ले विजयी भएको थियो। दोस्रो लेगमा ३-१ ले पराजित भएपनि बार्सिलोना पहिलो लेगको फराकिलाे  जितले सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लालाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी)  सेमिफाइनलमा पुगेको छ। 

पहिलो लेगमा ३–१ ले पराजित भएको वेस्टन भिल्ला दोस्रो लेगमा जित हात पारे पनि सेमिफाइनलमा स्थान बनाउन असफल भयो। घरेलु मैदानमा वेस्टन भिल्ला ३–२ ले विजयी भएपनि समग्रमा ५–४ ले पराजित हुँदा सेमिफाइनलको सम्भावना सकिएको हो।

अब पीएसजीले सेमिफाइनलमा रियल मड्रिड र आर्सनलको विजेतासँग खेल्नेछ। पहिलो लेगमा ३–० ले अगाडी रहेको आर्सनलले बुधबार रियलसँग दोस्रो लेगमा भिड्दैछ। 

यस्तै बार्सिलोनाले इन्टर मिलान र बार्यन म्युनिखको विजेतासँग खेल्नेछ। पहिलो लेगमा इन्टर २–१ ले अगाडी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad