घरेलु मैदानमा मेन्जलाई हराउँदै बायर्न म्युनिखले बुन्डेस लिगा उपाधिको नजिकै पुगेको छ।
शनिबार राति भएको खेलमा बायर्नले मेन्जविरुद्ध ३–० को फराकिलो जित दर्ता गरेसँगै अब उपाधि हात पार्न एक खेल मात्र जित्न बाँकी रहेको हो।
पहिलो हाफमै २–० ले अग्रता बनाएको बायर्नले दोस्रो हाफमा अर्को गोल थप्यो।
पहिलो हाफको २७औँ मिनेटमा लेरोय सानेको गोलमा बायर्नले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफको पाँच मिनेट बाँकी रहँदा माइकल ओलिसले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे।
खेलको ८४औँ मिनेटमा एरिक डायरले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए।
गत सिजनको च्याम्पियन बायर लिभरकुसेनलले अंक गुमाएको भए। बायर्नले शनिबार राति नै बुन्डेस लिगा उपाधि जित्ने थियो।
गएराति नै भएको खेलमा बायर लिभरकुसेनलले अग्सबर्गलाई २–० ले हरायो।
अघिल्लो सिजन लेभरकुसेनलले उपाधि जित्नुअघि बायर्नले लगातार ११ बुन्डेस लिगा उपाधि जितेको थियो।
बायर्नलले अब अर्को शनिबार आरबी आइपजिगविरुद्ध जस्तो नतिजा आए पनि ३३औँ बुन्डेस लिगा उपाधि जित्नेछ।
बुन्डेस लिगाको ३१औँ खेलमा २३ खेलमा जित, ६ खेलमा बराबरी र २ खेलमा मात्र हार भोगेको बायर्न ७५ अंकमा शीर्ष स्थानमा छ।
समान खेलबाट ६७ अंक भएको बायर लिभरकुसेन दोस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया