खेल


थाइल्यान्ड हराउन नेपाललाई १५९ रनको लक्ष्य

थाइल्यान्ड हराउन नेपाललाई १५९ रनको लक्ष्य

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १०:४३, काठमाडौँ

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा जितका लागि नेपालले १ सय ५९ रनको विशाल लक्ष्य पाएको छ।

थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको हो। 

थाइल्यान्डकी ओपनर नताया बोचाथामले अर्धशतक पूरा गरिन्। उनले ४२ बलमा ५ चौका सहयोगमा ५० रन बनाउँदा मनीषा उपाध्यायको बलमा रोमा थापाको हातबाट क्याच आउट भइन्। 

अपिसरा सुवान्चोराथीले ४३ बलमा १ चौका सहयोगमा २९ रन बनाउँदा राजमती ऐरीको बलमा रिया शर्माको हातबाट क्याच आउट नै भइन्। 

विकेटकिपर ब्याटर नान्नपथ कोन्चाइनकाई ५० र नथाकन चन्थाम १५ रनमा अविजित रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad