पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल-नासारसँगको सम्झौता थप्ने भएका छन्।
४० वर्षीय रोनाल्डोको सम्झौता यही जुनमा समाप्त हुदैँछ। सम्झौताको मिति नजिकिदै जाँदा रोनाल्डोले अल-नासारसँगको सम्झौता थप २ वर्ष थप्न सहमत भएका छन्।
रोनाल्डो सन् २०२३ मा म्यानचेस्टर युनाइटेड छाड्दै अल-नासार पुगेका थिए। साउदी पुगेपछि रोनाल्डोले १ सय ११ खेलमा ९९ गोल गरिसकेका छन्।
गत महिना साउदी प्रो लिगमा रियाद क्लबसँगको खेलपछि रोनाल्डोले दि च्याप्टर इज ओभर भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। जसका कारण धेरैले रोनाल्डोले साउदी छाड्न लागेको आँकलन गरेका थिए।
फिफा क्लब विश्वकपमा अल-नासार छनोट हुन नसकेपछि रोनाल्डोले अन्य क्लबबाट विश्वकप खेल्न सक्ने चर्चा चलेको थियो। तर रोनाल्डोले भने अन्य क्लबबाट फिफा क्लब विश्वकप खेल्न आएको प्रस्ताव अस्वीकार गरेका थिए।
Shares

प्रतिक्रिया