नेपाली राष्ट्रिय महिला फुटबल टिम आज सोमबार बिहान स्वदेश फर्किएको छ। एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज स्वदेश फर्किएको हो। नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थागत गरे।
उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह एफ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कपमा छनोट हुन सकेन। निर्णायक मानिएको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग निर्धारित समयमा ३-३ को बराबरीमा रोकिए पनि पेनाल्टीमा भने ४-२ को गोलअन्तरले पराजित भयो।














177
Shares

प्रतिक्रिया