साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो राउण्डमा आज नेपाली युवा टोलीले श्रीलंकाविरुद्ध खेल्दैछ।
बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्टस् मैदानमा हुने खेल दिउँसो पौने ३ बजेपछि सुरु हुनेछ।
च्याम्पियनसिपमा लगातार तेस्रो हार भोग्दै उपाधि दौडबाट बाहिरिसकेको श्रीलंका पहिलो जितको खोजीमा छ। च्याम्पियनसिपमा बंगलादेशसँग ३-२ ले पराजित भएको नेपालीयुवा टोलीले भुटानलाई भने ६-१ ले पाखा लगाएको थियो।
डबल राउण्ड रोविनमा जारी च्याम्पियनसिपमा अपराजित रहेको बंगलादेश ९ अंकमा तालिकाको शीर्ष स्थानमा छ। दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाल ६ अंकमा दोस्रो स्थानमा छ।
एक खेलमा मात्र जित निकालेको भुटान ३ अंकमा तेस्रो र जितविहीन श्रीलंका अंक तालिकाको पुछारमा छ।
Shares

प्रतिक्रिया