एसिया रग्वी इमिरेट्स यू–२० सेभेन्स च्याम्पियनसिप २०२५ मा सहभागी हुने १३ सदस्यीय महिला टोलीको घोषणा भएको छ।
नेपाल रग्वी संघले आइतबार १३ सदस्यीय युवा टोलीको घोषणा गरेको हो। महिला टोलीलाई सावित्री पुर्जा मगरले प्रशिक्षण गराइरहेकी छिन्। टोलीको बन्द प्रशिक्षण सर्लाहीस्थित राधाकृष्ण खेल मैदानमा भइरहेको संघले जनाएको छ।
च्याम्पियनसिप भारतको विहारस्थित राजगीर रगंशालामा साउन २७ गतेदेखि २७ गतेसम्म हुनेछ। प्रतियोगितामा एसियाका ११ देशमा ८ महिला र ८ पुरुष टोलीले सहभागिता जनाउने संघले बताएको छ।
१३ सदस्यीय रग्वी टोलीः
सम्झौता तुम्बापो, लक्की वलमपाकी मगर, सनमिका मगर, रेखा खड्का, शुसिला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पुजा डंगोल, कविता वादी, आरुषी भट्टराई, सलिना माझी, समिक्षा गौतम, रामिरा शाही।
183
Shares

प्रतिक्रिया