एभरेस्ट प्रिमियर लिग (इपीएल) को फ्रेन्चाइज टोली मधेस युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। मधेसले बिहीबार एक विज्ञप्ती जारी गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो। नयाँ लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतिकमा समेटेको बताएको छ। नयाँ लोगो हरियो रगंको रहेको छ।
खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले पटमको खेल र प्रतिस्पर्धाको भाव जगाउने क्लबले विज्ञप्तीमा उल्लेख गरेको छ।
विज्ञप्तीमा भनिएको छ, 'यसको चारै तिरका लहरहरुले भलिबलको गतिशीलता, उर्जा र तीव्रताको प्रतीक दर्शाउँछ। लोगोको माथिल्लो भागमा जानकी मन्दिर प्रेरित आकृति रहेको छ, जुन मधेस क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतिक हो। मन्दिरले मधेसको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ।'
मधेसको टोलीः
निरुता ठगुन्ना (मार्की खेलाडी), आरती सुवेदी, कोपिला राणा, सरस्वती कटेल, उषा विष्ट, बबिता बोहोरा, बसन्ती साउद, स्नेहा ठगुन्ना
Shares

प्रतिक्रिया