खेल


मेक्सिकोको अपराजित यात्रा: इक्वेडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

मेक्सिकोको अपराजित यात्रा: इक्वेडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

नेपालखबर
असार १७, २०८३ बुधबार ९:४८, काठमाडौँ

फिफा विश्वकप -२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेक्सिको इक्वेडरविरुद्ध २-० को जितसहित अन्तिम १६ (प्रिक्वाटर्डफाइनल)मा प्रवेश गरेको छ। 

मेक्सिको सिटी स्टेडियममा भएको खेलेको पहिलो हाफमा मेक्सिकोले २ गोल गरेको हो। खेलको दोश्रो हाफमा भने दुवै टोलीबाट कुनै गोल हुन सकेन। 

मेक्सिको विश्वकप-२०२६ को सह-आयोजक राष्ट्रसमेत समेत हो। 

खेलको २१ औँ मिनेटमा जुलियन क्विनोनेसले पहिलो र ३१औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गरे। 

यसअघि मेक्सिकोले दक्षिण कोरियालाई १-० र चेक गणतन्त्रविरुद्ध ३-० को जित हात पारेको थियो। 

उसले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गरेको थियो। मेक्सिको जारी विश्वकपमा अहिलेसम्म अपराजित रहँदै अन्तिम १६ मा पुगेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad