म्यानचेस्टर युनाइटेडले आरबी लाइपजिगका स्ट्राइकर बेन्जामिन सेस्कोलाई ७४ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ।
सेस्कोले युनाइटेड पुग्न शुक्रबार मेडिकलसहितको औपचारिकता पूरा गर्नेछन्। न्यु क्यासलले समेत चाहेका सेस्कोले जर्मन टोलीका लागि ८७ खेलमा ३९ गोल गरिसकेका छन्।
युनाइटेडले यो समरमा म्याथुस कुन्हा र ब्रायन एमबेउलाई भित्र्याइसकेको छ। यसका लागि युनाइटेडले २ सय मिलियन पाउन्डभन्दा बढी खर्च गरेको छ।
मुख्य प्रशिक्षक रुबेन अमोरिमले गत सिजनभन्दा टोलीको गोल आउटपुट वृद्धी गर्न दृढ छन्। आक्रमणमा खेलाडी भित्र्याउँदा युनाइटेडको मिडफिल्डमा भने केही समस्या देखिएको छ।
114
Shares

प्रतिक्रिया