खेल


एपीएफ फुटबल क्लब आज उज्वेकिस्तानको पीएफसी नसाफविरुद्ध भिड्दै

एपीएफ फुटबल क्लब आज उज्वेकिस्तानको पीएफसी नसाफविरुद्ध भिड्दै

नेपालखबर
भदौ ९, २०८२ सोमबार ६:५८, काठमाडौँ

विभागीय टोली एपीएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा आज उज्वेकिस्तानको पीएफसी नसाफविरुद्ध खेल्दैछ। 

उज्वेकिस्तानको घरेलु मैदानमा हुने खेल सोमबार राति सवा ९ बजे सुरु हुनेछ। 

अनिता बस्नेतको कप्तानीमा मैदान उत्रने एपीएफ उच्च मनोबलमा मैदान उत्रनेछ।  मिडफिल्ड र डिफेन्सिभ लाइनमा बलियो देखिएको एपीएफको आक्रमण भने केही कमजोर हुने आशंका छ। 

दोस्रो खेलमा १२ गते बिहीबार थाइल्यान्डको कलेज अफ एसियन स्कोलर्ससँग र समूह चरणको अन्तिम खेलमा १६ गते सोमबार साउदीको अल नसारविरुद्ध भिड्ने तालिका छ। 

समूह चरणका खेलहरू अगस्ट २३ देखि ३१ सम्म उज्बेकिस्तानमा हुनेछन्। छनोटमा सहभागी १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ।

समूह चरणमा ४ समुहमा ४  टोली र एक समूहमा ३ टोली छन्। हरेक समूह विजेताले फाइनल चरणमा स्पर्धा गर्नेछन्। 

यसअघि नै छनोट भइरहेका ७ टोलीसहित छनोट चरण पार गर्ने ५ गरी १२ टोलीले फाइनल चरणमा प्रतिष्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad