खेल


न्यु क्यासलमाथि लिभरपुलको रोमाञ्चक जित

लिभरपुलका १६ वर्षीय रियो न्गुमोहाले इतिहास रचे
न्यु क्यासलमाथि लिभरपुलको रोमाञ्चक जित

नेपालखबर
भदौ १०, २०८२ मंगलबार ७:२८, काठमाडौँ

लिभरपुलका १६ वर्षीय रियो न्गुमोहाले क्लबको इतिहासमा सबैभन्दा कान्छा खेलाडीको रुपमा गोल गर्दै इतिहास रचेका छन्।

इङलिस प्रिमियर लिगमा न्युक्यासलमाथि लिभरपुलले रोमाञ्चक जित हात पारेको छ। 

न्युक्यासल युनाइटेडलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको हो। 

सोमबार राति न्यु क्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलले १० खेलाडीमा सिमित न्युक्यासलमाथि ३–२ को जित हात पारेको हो। 

लिभरपुलको जितमा रियो, हुगो एकिटिके र रायन ग्रेभेनबर्चले गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा एन्थोनी गोर्डन सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि न्यु क्यासल १० खेलाडीमा समेटिएको थियो। 

पहिलो हाफमा १–० ले पछि परेको न्यु क्यासलका लागि ब्रुनो गुइमारेस र विल ओसुलालले दोस्रो हाफमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। यद्यपी अन्तिम मिनेटमा टोली सम्हालिन नसक्दा घरेलु मैदानमा हार भोग्न बाध्य भयो। 

लगातार दोस्रो जितसँगै लिभरपुल ६ अंकमा तालिकाको तेस्रो स्थानमा छ।  लिगमा पहिलो हार व्यहोरेको न्यु क्यासल १ अंकमा तालिकाको १५ औँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad