अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल आएको बंगलादेशी फुटबल टोली आज स्वदेश फर्किएको छ ।
बंगलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोलि ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङघ (एन्फा) का प्रवक्ता सुरेश साहले जानकारी दिए।
मङ्गलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण रोकिएको थियो।
यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द भएको थियो। त्यसअघि शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो।
102
Shares

प्रतिक्रिया