भारतसँग मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि नेपाली महिला फुटबलको ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक टोलीमा डिफेन्डर हीराकुमारी भुजेल र दीपा शाहीले पुनरागमन गरेका छन्।
भारतसँग मैत्रीपूर्ण खेल आगामी अक्टोबर २६ मा सिक्किममा हुनेछ।
एन्फाले महिला टोलीको मुख्य प्रशिक्षकमा बिहीबार मात्रै नवीन न्यौपानेलाई नियुक्त गरेको छ।
एन्फाले सार्वजनिक गरेको महिला टोलीको प्रारम्भिक टोलीमा नेपालका उमेर समूहका खेलाडीलाई समेटिएको छ।
प्रारम्भिक महिला टोलीः
गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, लीला जोशी
डिफेन्डरः निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाइ, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी, सजनी थोकर, हीराकुमारी भुजेल, नेहा कुमारी चौधरी
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सेनु परियार, सुक्रिया मिया
फरवार्डः रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी

Shares

प्रतिक्रिया