स्पेनिस ला लिगामा ओभिडोविरुद्ध बार्सिलोनाले पुनरागमन जित दर्ता गरेको छ। बार्सिलोनाका गोलकिपर जोन गार्सियाको गल्तीमा अल्बर्टो रेइनाले ओभिडोलाई पहिलो हाफमा आश्चर्यजनक अग्रता दिलाएका थिए।
डिबक्सबाट निक्कै अगाडी बढेका गार्सियाले कासाडोलाई दिन खोजेको बल अल्बर्टोले पाए र टाढैबाट पोष्टको बाटो देखाए।
तर एरिक गार्सिया, रोबर्ट लेवान्डोव्स्की र रोनाल्ड अराउजोले दोस्रो हाफमा तीन गोल गर्दै बार्सिलोनालाई प्रभावशाली जित दिलाए। जसले बार्सिलोनाको अपराजित यात्रा कायम रह्यो।
दोस्रो हाफको सुरुवातमै कासाडोको ठाउँमा फ्रेन्की डे जोङलाई ल्याए पनि बार्सिलोना दोस्रो हाफको सुरुमा सुस्त देखियो। ५६ औँ मिनेटमा डिबक्स भित्रैबाट फेरान टोरेसले प्रहार गरेको बल पोलमा लाग्दै फर्कियो। त्यसपछि एरिक गार्सियाले ह्यान्सी फ्लिकको टोलीलाई बराबरीमा फर्काए।
७० औँ मिनेटमा डे जोङको पासमा लेवान्डोस्कीले हेड गर्दै साविक विजेतालाई २–१ को अग्रता दिलाए।
८८ औँ मिनेटमा मार्कस रासफोर्डले प्रहार गरेको कर्नरलाई अराउजोले हेडर गोल गर्दा बार्सिलोना ओभिडोमाथि हाबी भयो र ३ अंक थप्यो। रासफोर्डले लिगका तीन खेलमा मिलाएको यो तेस्रो पास हो।
ओभिडोको सिजनको दोस्रो गोल सान्त्वना मात्रै हुन पुग्यो। छ खेल पछि केवल तीन अंकका साथ ओभिडो रेलिगेसन क्षेत्रमै कायम छ।
जितपछि बार्सिलोना दोस्रो स्थानमा लिग लिडर रियल म्याड्रिडसँग २ अंकमा झारेको छ। रियलले सबै खेल जितेको छ। बार्सिलोनाले एक बराबरी र बाँकी खेलमा विजयी छ।
Shares

प्रतिक्रिया