वेष्ट इण्डिजविरुद्धको ऐतिहासिका टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
खेल सवा ८ बजे सुरु हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले तीन खेलको सिरिजलाई युनिटी कपको नाम दिएको छ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट राष्ट्र वेस्ट इण्डिजविरुद्ध खेल्न लागेको हो।
नेपालले सिरिजको दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्नेछ।
वेष्ट इण्डिजसँगको तीन खेलपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्नेछ। ओमानमा अर्को सातादेखि आईसीसी टी-२० एसिया कप क्षेत्रीय छनोट हुँदैछ।
132
Shares

प्रतिक्रिया