काठमाडौं गोर्खाजले अमेरिकी अलराउन्डर मिलिन्द कुमारलाई आगामी सिजनका लागि अनुबन्ध गरेको छ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कुमारलाई काठमाडौंले अनुबन्ध गरेको हो।
३४ वर्षीय उनी दायाँहाते ब्याट्सम्यान हुन् भने दायाँहाते अफब्रेक बलिङ गर्छन्। उनले आईपीएल टोली दिल्ली डेयरडेभिल्सदेखि रोयल च्यालेन्जर्स ब्यांग्लोरबाट समेत खेलेका छन्।
टी२० अन्तर्राष्ट्रियमा उनले २१ खेलबाट ३२२ रन जोडेका छन् भने १२ विकेट झारेका छन्। लिग २ अन्तर्गत दुबईमा जारी खेलमा उनले यूएईविरुद्ध ७१ र नेपालविरुद्ध ७० नटआउट रन जोडेका छन्।
९० वटा टी२० खेलमा उनले १६१६ रन जोडी १७ विकेट लिएका छन्।
93
Shares

प्रतिक्रिया