नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा करिब ३५ करोड रुपैयाँआम्दानी हुने अनुमान गरेको छ।
क्यानले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले पेस गरेको विवरण अनुसार विज्ञापनबाट करिब १५ करोड ४० लाख रुपैयाँ आम्दानी हुनेछ।
त्यस्तै ८ वटा फ्रेन्चाइज टिमबाट ९ करोड रुपैँया कमाउँदा ओटीटी प्लेटफर्मबाट ५ करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ। एनपीएलको ओटीटी प्लेटफर्मको अधिकार डिश होम गो एपले पाएको छ। त्यहाँबाट हुने आम्दानीमध्ये ७१ प्रतिशत क्यानले पाउने छ।
त्यस्तै रंगशालामा टिकट बिक्रिबाट करिब ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने अनुमान क्यानले गरेको छ।
यसरी क्यानको कुल आम्दानी ३० देखि ३७ करोड रुपैयाँसम्म हुने अनुमान क्यानको छ।
Shares

प्रतिक्रिया