इंग्ल्यान्डका ओपनर ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत जेसन रोयले पोखराबाट खेल्ने क्लबले जानकारी दिएको हो।
३५ वर्षीय रोय टी-२० मा ४ सय १२ खेल खेल खेल्दा १० हजार ५ सय ५४ रन बनाएका छन्। उनले इंग्ल्यान्डका लागि सन् २०२२ सम्म खलेका थिए
रोयसँग आईपीएल, विग ब्यासलगायतका लिग खेलेको अनुभव छ।
पोखराले यसअघि न्यूजिल्यान्डका अलराउन्डर जिमी निशम, वेस्ट इन्डिजका अलराउन्डर रेमन रेइफ तथा इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेटलाई अनुबन्ध गरिसकेको छ।
114
Shares

प्रतिक्रिया