खेल


कर्णालीबाट खेल्न मार्क वाट नेपाल आइपुगे

कर्णालीबाट खेल्न मार्क वाट नेपाल आइपुगे

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार २०:३७, काठमाडौँ

कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्यान्डका बलर मार्क वाट नेपाल आइपुगेका छन्। शनिबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे लगायत प्रतिनिधिहरुले स्वागत गरेका थिए। 

यसअघि शुक्रबार राति अफगानिस्तान पूर्वकप्तान नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका थिए। 

भारतका प्रियाङ पन्चाल शुक्रबार बिहानै नेपाल आएका हुन्। अब, अस्ट्रेलियाका ब्याटर विलियम बासिस्टो मात्रै कर्णाली याक्सको क्लोज क्याम्पमा आवद्ध हुन बाँकी छन्। 

२९ वर्षीय वाटले पहिलो पटक एनपीएल खेल्न लागेका हुन्। उनले स्कटल्यान्डको लागि टी-२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन्। त्यस्तै, २९४ रन जोडेका छन्। यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएका छन्।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। 

अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad