आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोर्नु परेको कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को सोमबार साँझ भएको खेलमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ। खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कर्णालीका प्रमुख प्रशिक्षक बस्न्यातले मध्यम क्रममा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै भेट्याउनु खालको रहेको बताए। तर, उनीहरूले आफ्नो क्षमता अनूरुप खेल्न नसक्दा राम्रो हार व्यहोर्नुपरेको उनको भनाइ छ।
मुख्य प्रशिक्षक बस्न्यातले ब्याटिङ गर्न असहज हुने खालको पिच नरहेको स्पष्ट पारे। सुदूरपश्चिमले अन्तिम पाँच ओभर खेल्दा नै ब्याटिङका लागि पिचले मद्दत गरेको उल्लेख गरे।
कर्णालीका अझै चार खेल बाँकी रहेको र त्यसमा राम्रो गर्दै प्लेअफमा पुग्ने उनको विश्वास थियो।
Shares

प्रतिक्रिया