खेल


जतिसक्दो रन बढाउनुपर्छ भनेर खेलेको थिए : भीम सार्की

जतिसक्दो रन बढाउनुपर्छ भनेर खेलेको थिए : भीम सार्की

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १७:३३, काठमाडौँ

काठमाडौँ गोर्खाजका ब्याटर भीम सार्कीले आजको खेलमा जतिसक्दो धेरै रन बनाउने उद्देश्यले खेलेको बताएका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनले २३ बलमा ५५ रन बनाए। पोखरालाई १३ रनले हराउँदै काठमाडौँ प्लेअफमा पुगेको छ। 

खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भीमले टोलीको योजनाअनुसार नतिजा पनि मैदानमा निस्किदा धेरै खुशी लागेको बताए। प्लेअफ द म्याच भएका उनले स्कोर बोर्डमा टिम कठिन अवस्थामा हुँदा जतिसक्दो रन बढाउनुपर्छ भनेर खेलेको बताए। त्यहीअनुरूप नतिजा पनि आउँदा खुशी लागेको उनको भनाइ थियो। 

उनले जितको आधारमा शाहब आलमको बलिङ, फिल्डिङ र बेन चार्ल्सवर्थको ब्याटिङ रहेको बताए। आलमसँगै आर्मीबाट खेल्ने गरेकाले उनको बलिङमा धेरै विश्वास लाग्ने गरेको उनको भनाइ छ। 

शुरुका खेलमा कम्बिनेस त्यति राम्रो हुन नसक्दा कठिन भएको उनको बुझाइ छ। तर, अहिले टिम कम्बिनेसन राम्रो भएको उनले बताए। मोन्टी देसाईलाई नेपाली खेलाडीबारे राम्रोसँग जानकारी रहेको र त्यसले थप सजिलो भएको भीमको भनाइ थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad