खेल


एनपीएलमा सर्वाधिक रन बनाउने रोसिङटनको अर्को अर्धशतक

एनपीएलमा सर्वाधिक रन बनाउने रोसिङटनको अर्को अर्धशतक

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १८:१०, काठमाडौँ

पोखरा एभेन्जर्सका ब्याटर एडम रोसिङटनले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार रोसिङटनले ३७ बलमा अर्धशतक बनाएका हुन्। उनले तीन चौका र चार छक्का प्रहार गरे। 

एनपीएलमा यो उनको तेस्रो अर्धशतक हो। उनले एउटा शतक पनि हानेका छन्। उनले अविजित एक सय आठ रन बनाएका थिए। 

यो अर्धशतकसँगै उनको तीन सय आठ रन पुगेको छ। एनपीएलमा उनी सर्वाधिक रन बनाउने ब्याटर हुन्। 

उनीपछि काठमाडौँ गोर्खाजका मार्क वाटले दुई सय ४२ रन बनाएका छन्। तेस्रो नम्बरमा रहेका चितवनका रवि बोपाराको दुई सय ३७ रन छ। 

नेपाल ब्याटर रोहित पौडेल चौथो नम्बरमा छन्। उनले दुई सय आठ रन बनाएका छन्। 

सर्वाधिक रन बनाउने रोसिङटन इङ्ल्यान्डका खेलाडी हुन्। ३२ वर्षीय रोसिङटन विकेटकिपर ब्याटर  हुन्। उनको उत्कृष्ट प्रदर्शनमा पोखरा जित नजिक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad