खेल


सहिद स्मारक ‘ए’ डिभिजन लिग चैत अन्तिम साता

सहिद स्मारक ‘ए’ डिभिजन लिग चैत अन्तिम साता

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १६:५७, काठमाडौँ

सहिद स्मारक ‘ए’ डिभिजन लिग चैत ३० गतेबाट हुने भएको छ। 

नेपाल फुटबल खेलाडी संघ र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच भएको छलफलमा ‘ए’ डिभिजन लिग चैत ३० गतेबाट हुने सहमति भएको हो। 

मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई पक्षबीच भएको छलफलमा ए डिभिजन लिग गराउने, खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले जम्मा र खेलाडीहरूको सेवा-सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति भएको छ। 

एन्फाले पत्रकार सम्मेलन गरेर सहमतिबारे जानकारी दिएको हो। सहमतिपछि खेलाडी संघले लगाएको ताला खोलेको थियो। 

‎छलफलमा एन्फाका तर्फबाट महासचिव किरण राई, केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाह सहभागी थिए। त्यस्तै, खेलाडी संघको तर्फबाट अध्यक्ष विक्रम लामा, उपाध्यक्ष विकेश कुथु लगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad