आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले स्कटल्यान्डबाट २२१ रनको नयाँ लक्ष्य पाएको छ।
वर्षाका कारण दोस्रो इनिङ्स सुरु हुन नसेपछि खेलमा ११ ओभर घटाइएको छ। ओभर घटेपछि नेपालले अब ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको हो।
सिरिजको पहिलो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २४३ रनको योगफल तयार पारेको थियो।
तर पानीले खेल प्रभावित भएपछि नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य प्राप्त गरेको हो।
159
Shares

प्रतिक्रिया