नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि गरेको वर्गीकरण सार्वजनिक गरेको छ। सार्वजनिक वर्गीकरणअनुसार महिलातर्फको ‘ए’ समूहमा रहेका खेलाडीहरू अघिल्लो वर्षकै यथावत् राखिएको छ। गत वर्षजस्तै इन्दू वर्मा, पुजा महतो, रुविना क्षेत्री र सीता रानामगर समूह ‘ए’ मा परेका छन्।
यसअघि ‘बी’ मा रहेकी कविता जोशी घटुवा भएर ‘सी’मा पुग्दा कविता कुँवर, सम्झना खड्का र मनीषा उपाध्याय ‘बी’मा बढुवा भएका छन्। यसअघि कुँवर र खड्का ‘सी’ मा थिए भने मनिषा ‘डी’ मा थिइन्।
अहिलेको वर्गीकरणअनुसार ‘सी’ मा बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार र रिया शर्मा परेका छन्। विन्दु र रिया ‘डी’ बाट बढुवा भएका हुन् भने पोद्दार यसअघि वर्गीकरणमा परेकी थिइनन्।
त्यस्तै डी (डेभलेपमेन्ट) समूहमा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनी पाख्रिन, साना प्रविण, सावित्री धामी, काजल श्रेष्ठ, सीमाना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी रहेका छन्। यसअघि ‘डी’ वर्गमा परेका एलिसा यादव, कृष्मा गुरुङ र जोत्सनिका मरासिनी वर्गीकरणमा परेनन्।
यसअघि १९ जनाको वर्गीकरण गरेको क्यानले यसपटक ६ जना थप गरेर २५ जना महिला क्रिकेटरहरूको वर्गीकरण गरेको हो।
महिलातर्फ ‘ए’ मा परेका खेलाडीहरूले प्रतिमहिना ५५ हजार, ‘बी’ का ले ४० हजार, ‘सी’ मा परेका खेलाडीले ३० हजार र डेभलप्मेन्टमा परेका खेलाडीहरूले प्रतिमहिना २५ हजार तलब पाउने क्यानले जनाएको छ।
Shares

प्रतिक्रिया