अमेरिकाले पाराग्वेविरुद्ध अग्रता लिएको छ।
विश्वकप २०२६ को समूह चरणको खेलमा सातौँ मिनेटमा पाराग्वेले आत्मघाती गोल गरेको हो।
पाराग्वेका डामिन बोबाडिलाले आफ्नै पोस्टमा गोल गरेका हुन्।
दुई टोलबिच नेपाली समयअनुसार बिहान ६:४५ बजेदेखि प्रतिस्पर्धा भइरहेको छ।
अमेरिकाले घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेलिरहेकाे हो।
हाल विश्वकप २०२६ अन्तर्गत समूह चरणको प्रतिस्पर्धा जारी छ।
यसअघि गएराति १२:४५ बजे भएको आफ्नो पहिलो खेलमा क्यानाडाले बोस्निया एन्ड हर्जोगोभिनासँग १-१ को बराबरी गरेको छ।
यो खेल क्यानडाको टोरन्टो रंगशालामा भएको थियो।
210
Shares

प्रतिक्रिया