पेरिस सेन्ट जर्मन (पीएसजी) पहिलो पटक यूरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ।
जर्मन क्लब आरबी आइप्जिगविरुद्ध मंगलबार राति भएको पहिलो सेमिफाइनलमा ३–० को जित हात पार्दै पीएसजी उपाधि नजिक पुगेको हो।
पीएसजीको जितमा मर्कुनहोस, एन्जल डी मारिया र जहान बुर्नाटले गोल गरे। १३ औं मिनेटमा डी मारियाको फ्रिकिकमा मार्किन्हाेसले हेडर गोल गर्दै पीएसजीलाई अग्रता दिलाए।
४२औं मिनेटमा नेमारको पासमा डी मारियाले पीएसजीका लागि दोस्रो गोल गरे। यस्तै ५६ औं मिनेटमा जुआन बर्नाटले गोल गर्दै पीएसजीलाई ३-० को जित निकाले।
उपाधिका लागि अब पीएसजीले उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया