ad ad

खेल


कप्तान र उपकप्तानसहित तीन क्रिकेट खेलाडीमा कोरोना संक्रमण

कप्तान र उपकप्तानसहित तीन क्रिकेट खेलाडीमा कोरोना संक्रमण

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १३:४९,

राष्ट्रिय क्रिकेट टोलीका कप्तान र उपकप्तानसहित तीन जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ। 

क्यानले बन्द प्रशिक्षणका लागि मंगलबार गरेको परीक्षणमा तीन खेलाडीसहित एकजना स्टाफमा कोरोनाभाइरस पोजिटिभ देखिएको हो।

क्यानका अनुसार कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेलमा कोरोना संक्रमण देखिएको छ। 

यस्तै राष्ट्रिय टोलीका स्टाफ प्रदीप लामालाई पनि संक्रमण देखिएको क्यानले पुष्टि गरेको छ। 

 

कप्तान मल्लले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूसँग सम्पर्कमा आएका सम्पूर्णलाई सावधानी अपनाउँन आग्रह गरेका छन।

उनले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको पूर्ण रुपमा फिट रहेको र हाललाई सेल्फ क्वारेन्टिनमा बसेको उल्लेख गरेका छन्।

उपकप्तान ऐरीले पनि आफूलाई कुनै लक्षण नदेखिएको र होम आइसोलेसनमा रहेको जनाएका छन। 

तीन खेलाडीबाहेक अन्यलाई समेट्दै क्यानले बिहीबारदेखि त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्ने भएको छ। 

गत चैत्रमा कोरोनाभाइरसको रोकथामका लागि घोषणा गरिएको लकडाउनपछि पहिलोपल्ट नेपाली खेलाडीहरु मैदान उत्रिन लागेका हुन्। 

क्यानले बन्द प्रशिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसान भारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई बोलाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .